Er. Pravin Aryal
Inspired for Innovation
केरामा fiber को साथमा तिन प्रकारका प्राकृतिक चिनिहरु (natural sugars) –sucrose (सुक्रोज), fructose (फ्रुक्टोज), र glucose (ग्लुकोज) हुन्छन् । केराले तत्काल शक्ति प्रदान गर्छ । अनुसन्धान अनुसार मात्र २ वटा केराले ९० मिनट कसरत गर्न सक्ने ताकत (Energy) दिन्छ । यसमा कुनै अचम्म छैन कि केरा विश्वमा एथ्लेट्सहरुले प्रयोग गर्ने सूचिको नं. १ मा पर्छ । हामीलाई, तन्दुरुस्त बन्न यसले दिने शक्ति मात्र प्रयाप्त छैन । यदि यसलाई दैनिक रुपमा खाने गर्नाले विभिन्न रोगहरुवाट बच्न सकिन्छ ।
उदासिनता (Dipression):
डिप्रेसनका शिकार भएकाहरु विच :क्ष्ल्म् ले गरेको अनुसन्धानले केरा खाएपछि तिनिहरुमा सकारात्मक लक्षण देखिएको थियो । यसमा भएको तचथउतयउजबल नामक प्रोटिन जसले शरिरलाई आनन्दित तथा खुशि बनाउन सघाँउछ ।
PMS:
Pills लाई भुल – केरा खाऊ । केरामा भिटामिन B6 हुन्छ जसले रगतमा चिनिको मात्रा नियन्त्रण गर्छ अनि यसले तपाईंको मुड सहि गराउछ ।
रक्तअल्पता (Anemia):
यसमा प्रसस्त मात्रामा फलाम तत्व (Iron) हुन्छ जसले रगतमा Hemoglobin को उत्पादनमा सघाउने हुनाले रक्त अल्पता भएकालाई यो फाईदाजनक छ ।
रक्तचाप (Blood Pressure):
यो कम मात्रामा लवण र उच्च मात्रामा पोटासियम हुने भिन्नै किसिमको फल हो जसले मुटुको धड्कन नियन्त्रण गर्न मद्दत गर्दछ । त्यसैले रक्तचाप नियन्त्रण गर्न US Food and Drug Administration ले केरा उद्योगलाई बढवा दिएको छ ।
दिमागि (मानसिक) शक्ति (Brain Power):
विभिन्न अनुसन्धानहरुले केराको प्रयोग नियमित रुपमा गर्नाले बौद्धिक शक्तिमा उन्नति भएको देखाएको छ ।
कब्जियत (Constipation):
धेरै मात्रामा हुने फाईवर (fiber) ले आन्द्राको कार्यमा सघाउछ । र Laxatives (पचाउने अनि दिशा नरम पार्ने औषधी) को प्रयोग विनानै कब्जियत सन्चो हुन सक्छ ।
ह्याङ्ओभर (Hangover – मद्यपान पछिको अवस्था):
केरालाई महको साथमा मिल्कसेक बनाई सेवन गर्नाले मद्यपानको लतलाई छुटाउन मद्दत हुन्छ अनि पेटलाई आनन्द हुनुको साथै चिनिको मात्रा नियन्त्रणका साथै शरिरलाई आनन्द हुन्छ ।
छातिको जलन (Heartburn):
केरामा प्राकृतिक अम्लतत्वनाशक (Natural Antacid) हुन्छ जसले छाति पोल्ने समस्या हट्छ ।
बिहानि विमार (Morning Sickness):
केरा खानाको विचमा खानाले रगतमा चिनिको मात्रा सन्तुलित राखि बिहानि विमारवाट छुट्कारा पाउन सकिन्छ ।
लामखुट्टेको टोकाई (Mosquito Bites):
केराको बोक्राको भित्री भागलाई लामखुट्टेले टोक्न सक्ने ठाउमा दल्नाले यसको टोकाईवाट बच्न सकिन्छ । यो विधि बजारमा क्रिमहरु नपाईनु भन्दा पहिले गरीन्थ्यो ।
स्नायु सम्वन्धी (Nerves)
केरामा भिटामिन B हुनाले स्नायु प्रणालीलाई सघाउछ ।