मेरो राष्ट्र र म

मेरो राष्ट्र र म
November 14, 2015 No Comments कविता admin

~कृष्ण प्रसाद अर्याल~Krishna-Prasad-aryal

कविता

टेथिस् सागरबाट उठेर अग्लिदै गएको
ने. मुनि र मनिषिहरु बाट पालिन
मेरो राष्ट्र पहाड र हिमश्रृंखलाको अनूपम नमूना
ईतिहास र भू–राजनैतिक अखण्डतामा
अनन्त शश्वत र सनातन
स्वतन्त्र एक जत्था भै वीरताको पृष्ठभूमिमा
क्षेप्याश्त्र राडार रकेट र अन्तरिक्ष यानहरुको
अध्ययन र विश्लेशण हेरी रहेर
अन्वेषण र अध्ययनको विशेषतामा म
अनि स्वाभिमानी सन्त सुपुत्रहरुको
सभ्यता र कुशलताले परिष्कृत र संस्कृत
अग्ला शिखरहरुको गहनता र गौरवतालाई
संरक्षण प्रदान गर्दै थुप्री रहेका
सूर्यका प्रथम र चोखा किरणहरुको
स्पर्शका लागि लालायित
हिम पुञ्ज र हिमालयहरुको काँख
मेरो राष्ट्र र
तराई सम्मको मैदानको विविधता मा
डाँफे मुनाल र मयूरहरुको नाँच पनि हेर्ने म हो
मेरो राष्ट्र नेपाल ।

#KP_Aryal
@Pravinaryal20

कावासोती-८, नवलपरासी
(हाल काठमाडौं)

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *