Er. Pravin Aryal
Inspired for Innovation
दुधगोरस् फल फूलको र रसको अन्नादि धन् धान्यको ।
बन्दोवस्त मिलेर मात्र खुशिको ऐश्वर्य मिल्दा न त्यो ।।
आकर्षक् सुख लोभका किसिमको बन्न्या छ भन्दै लडी ।
रातौ दिन् घर खेतका परिधिमा डुल्छन् हजारौ र ती ।।
उत्पादन् अनि सीपले र विधिले गर्छन भएको जति ।
आकांक्षा तर पुग्छ कुन् वखतमा जान्दैन कोही रती ।।
पानी घाम वतास रोग अथवा उत्पात आँधी हरु ।
डिंगा चोर र दैव मौसम सवै टारिन्न टार्दा अरु ।।
जम्मै वाट बचाउने र मनको सनतोष् दिन्या त्यो पनि ।
यौटै मूल मुहान माछ सवको आधार सत्ता भरी ।।
नाना भोग्य पदार्थको र खुशिको जो हुन्छ उत्पादन ।
हुन् केवल् सव बाहिरी किसिमका जानेर मान्दा मन ।।
बन्धन् हुन्न तहाँ र लोभ मनमा वस्दैन पाको बनी ।
बेला मौसमले र कर्म विधिले फल्छन् सवै फल् पनी ।।
मीठा पौष्टिक वा पवित्र रसका खाद्यान्न मौलाउछन् ।
यस्तै तर्क बढेर कर्म विधिका आधार फष्टाउछन् ।।
कारण वीज विचार वाट बढदै धर्ती महाँ बढ्दछ ।
साधन् केवल त्यो निमित्त पन हो मौसम् छ अर्को पद ।।