Er. Pravin Aryal
Inspired for Innovation
घृणा खूब गरून् मलाई सवले गाली र निन्दा गरून् ।
आरोप् ती हिन तर्कका फजुलका ल्याएर वाधा थपुन् ।।
एक्लौ औ शुभकामना सकलमा राख्दो हुदी घातक ।
आधार्को पनि ख्यालमा अवुझता छाएर दोषुन् बल ।।
साङ्ग्रोमा पथ मार्गमा पनि असल् ढुङ्गा ठड्याई दिऊन् ।
मेरो नै अनि तर्कमा सरलता तोडेर नाङ्गा वनून् ।।
सक्छन् जे जति यातना समझमा हुन्छन् त त्यस्तै गरून् ।
मनव् हुन् तर दानवी रकमले मेरो भएको हरून् ।।
खाउन् लाश उपर् बसेर मदिरा उन्मत्त साँढे बनून् ।
गाली लाख हजार जे जति सकुन् गाएर ईच्छा भरून् ।।
जान्ने भै कन दुष्टता सहजमा गाँसेर साँचा वनून् ।
सोझाको हक अंशमा मफतमा ती भोज नाना गरून् ।।
घृणा लाख गरून् उजाड पनि यो खोसेर ईच्छा गरून् ।
मेरै छाति महाँ बसेर यसरी ती मोज मान्दै गरून् ।।
साङ्ग्रोमा अनि मार्गमा विहकमा छोपेर घाटी धसुन् ।
आखिर्को अघि स्वर्गमा सहजमा त्यो जान्छ वुझ्दै गरून् ।।