Er. Pravin Aryal
Inspired for Innovation
~कृष्ण प्रसाद अर्याल~
आगो बल्छ दिमाग खान्छ डरले उम्लन्छ तातो रगत् ।
वास्ता छैन उदार दुष्ट विचमा बन्दैछ साँचो असल् ।।
शंका बढ्छ प्रचण्ड ताप रविले फ्याक्छन् तताई जगत् ।
हावा वेग वतास बादल घना गड्कन्छ हेर्दा सकल् ।
याहाँ छैन अवश्य शान्ति घतको मिल्दैन सन्तोष त्यो ।
टण्टा संकटको हरिन्न मनको आदर्श फोस्रै रह्यो ।।
यो हो ब्रह्म विचार ज्ञान विधिमा सन्ताप थप्दा कुरा ।
यै हो कारणमा अनन्त मनको तृष्णा भनेको तथा ।।
तृष्णावाट अत्यन्त तीव्र मनमा दन्कन्छ आगो अनि ।
भौतिक् इन्द्रियमा अतार बढ्दा दौडन्छ हावा सरी ।।
तृष्णाका अघि होश हुन्न हितको झन् बढ्छ शंका अनि ।
आगो वल्छ दिमाग खान्छ डरले तृष्णा बढेमा सधै ।।