लाग्दैनन् पछि मृत्युका

लाग्दैनन् पछि मृत्युका
June 9, 2016 No Comments कविता admin

~कृष्ण प्रसाद अर्याल~Krishna-Prasad-Aryal

लाग्दैनन् पछि मृत्युका समयमा कोही पछाडी भने ।
यो बेला पनि संझना विवुझमा पर्दैन गर्नै कसै ।।
मूढो हो जड देह यो सहजमा ढल्न्या वूढो बनी ।
यस्को नै भर तर्कना रहरमा के भुल्नु जान्न्या सरी ।।

खाउन् जो रस डाहमा मफतमा ईच्छा छ खान्या भने ।
अर्कोले पनि खानको रहरमा भुल्दैछ जस्तो गरी ।।
भन्दैनन् तर कालका वश महाँ जो सक्छ खाओस् यहाँ ।
साह्रै निन्दित भै सहेर अपागल् बस्छन् र मूखै सदा ।।

सक्दैनन् जुन सामुमा वहसमा जो डट्न कैले पनि ।
त्यस्तै हुन् जन दुष्टता ह्दयमा पालेर हिड्न्या भनी ।।
ती लाछी जन दुष्टको विवुझता देखेर छक्कै परी ।
यी यस्ता मन भावना पनि यहाँ उठ्छन् अचम्मै परी ।।

छोडिन्नन् पछि कालले तर कुनै ढाँटेर खाए पनि ।
बाँच्दैनन् जड देह यी सहजमै जान्छन् र मर्दै भनी ।।
लाग्दैनन् पछि मृत्युका वखतमा कोही अगाडी सरी ।
यो चोला कन ढाँटका नियमले हो पाल्नु मूर्खै सरी ।।

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *