रिघा, वाग्लुङ्ग
२०४३/३/७
कहि मेरो जन्म ठूलै कामको लागि त भएको होइन । आशा अमर है निराशा नहि । अर्थात् एउटा आत्म हत्या गर्न तम्सिएको दयनिय अवस्थाको मानिस पनि आशाका किरणहरुको मद्दतले अनेकानेक झन्झटहरुवाट झेलिदै अगाडि बढ्दछ भने उसले पक्कै एक दिन ठूलो उन्नति गर्न सक्छ र यस्को सट्टा । म नेर म ठगिए जस्ता निराशाका भावनाहरुलाई वोकि हिड्नेले जीन्दगीमा कहिल्यै प्रगति गर्न सक्दैन । परिश्रम गर तिम्रो हातमा सवथोक आऊन सक्छ । पछि हट त्यो सव अर्कैको हातमा जान्छ । यो संसार हो यहा वोल्नेको पिठो बिक्छ नवोल्नेको चामल बिक्दैन । आफ्नो त कर्मै फुटेको यो भावना छ त कर्म फुटेकै वन्छ । पुरुषार्थले पहाड टुटाउन सक्छ, समुन्द्र सुकाउन सक्छ, पत्थर पगाल्न सक्छ, भने कर्म जुट्छ र फुटेको कर्म जोडिन्छ । तसर्थ मेरो जन्म ठूलै कामको लागि पो भएको छ कि भन्ने भावनालाई एकदमै जोडदिएर मैले यहा ठूला ठूला काम गर्नू छ भन्ने भावना लाई दृढ वनाऊनु पर्छ ।