सामाजीक सञ्जालमा विद्यार्थी

सामाजीक सञ्जालमा विद्यार्थी
January 26, 2017 No Comments Knowledge, निबन्ध admin

~प्रविण अर्याल~Pravin-Aryal

सामान्य ज्ञान

सामाजीक सञ्जाल भनेको अहिलेको जमानामा अत्याबस्यक कुरा भएको छ । यो युग र्इन्टरनेट संजाल बिना असम्भ जस्तै भएको छ । सामाजीक सञ्जाल मत्लव इन्टरनेटमा आधारित सफ्टवेयर वा एप्लिकेसनहरू (जस्तैः फेसबुक, ट्वीटर, र्इन्स्टाग्राम युट्युब र्इत्यादि) को समूह हो, जसमार्फत् प्रयोगकर्ताहरूले एकआपसमा अन्तर्क्रिया गर्न, सूचना आदानप्रदान गर्न एवं सामाजिक सम्बन्ध बिस्तार गर्ने एक माध्यम हो। कसैसँग खुसी हुँदा धन्यवाद भन्न होस् या कसैसँग रिस उठ्दा रिस पोख्न, सामाजिक सञ्जाल सहयोगी बनेको छ । एक्लै हुँदा पनि सामाजिक बन्न सघाउने साथी बनेको छ । कसैको प्रतिक्रिया आश गरेर केही कुरा ‘पोस्ट’ गर्दा कहिलेकाहीँ आफैँ डाउन हुन सकिन्छ, तर प्रतिक्रिया आश नगर्ने हो भने कम्तीमा आफ्ना भावना पोखिसकेपछि एक किसिमको राहत महसुस हुन्छ । फेसबुक, ट्वीटर, र्इन्स्टाग्राम युट्युब र्इत्यादि विद्यार्थीहरूले बढी प्रयोग गर्ने सामाजिक सञ्जाल हुन् । विश्वमा हरेक महिना एक अर्बभन्दा बढीले फेसबुक प्रयोग गर्छन् ।

सामाजीक सञ्जाल एउटा भर्चुवल (Virtual) संसार बनेको छ । यस माध्यबाट विद्यार्थीहरू आफ्नै दुनियामा रम्न, नयाँ कुरा सिक्न, साथै यसको प्रयोग गरेर विश्वमा भर्इरहेका घटना तुरून्त थाहा पाउन सक्छन् । यसको प्रयोग गरेर विद्यार्थीहरू आफ्नो पढार्इलार्इ गुणस्तरीय बनाउन सक्छन्। सामाजीक सञ्जालले अधुनीक प्रविधियुक्त संसारमा अगाडी बढ्न, ज्ञान सिप सिक्न, अफूलार्इ मनलागेका कुरा भन्न, अफ्ना भावना ब्यक्त गर्न, आफूभित्र लुकेका अद्वितीय प्रतिभा प्रदर्शन गर्न, साहित्यीक भावना, सामाजीक विचार, राजनीतिक मन्तव्य, र्इत्यादी अरूलार्इ सुनाउन, देखाउन तथा बाड्न मद्दत गर्दछ । सामाजीक सञ्जालको उचित ढङ्गले प्रयोग गर्न सकियो भने यसले सबैलार्इ फार्इदा दिन्छ तर यसको अनुचित कृयाकलाप, आपराधिक कामहरू गर्न प्रयोग गरीयो भने यसले नराम्रोसंग आफ्नो तथा अरूको भविष्य बिगार्दछ ।

बिद्यार्थी जीवनमा धेरैले मोजमस्ती गर्न रूचाउछन् । अनि अहिलेको जमानामा यो मोजमस्तीको एकमात्र बाटो र्इन्टरनेट संजाल बनेकोछ । यस्ले गर्दा अचेल सामाजीक सञ्जालले समाजमा नराम्रो संस्कार भित्र्याएको छ । कोही बिद्यार्थीहरू दिनरात नभनी सधै फेसबुक, ट्वीटर चालाएर समय खेर फालीरहेका हुन्छन् । यस्ता बिद्यार्थीहरू अफ्नो पढार्इलार्इ बिगारेर भविष्यलार्इ अन्धकार तिर धकेलीरहेका छन् । विदेशी चलचित्र हेर्ने, अनि त्यस्तै हाउभाउ गर्ने चलन बढ्दो छ । घरघरमा साना बच्चाहरू निञ्जा हटौडी लगायतका कार्टुन नहेरी निदाउदैनन् । अनि, “मे हु निञ्जा” भन्दै दुगुर्दै परबाट वर, वरबाट पर पुग्ने गर्छन । त्यस्तै यो समयका विद्यार्थीहरू पनि फेसबुक, ट्वीटर, लगायतका एप्स नचलार्इ सुत्न गाह्रो भर्इसक्यो । मलार्इ पनि बेलुकी एकचोटी फेसबुक अनि ट्वीटरमा नोटीफिकेसन नहेरी सुत्दा निद्रा नै लाग्दैन भन्या । यो एउटा नसा भए जस्तै भएको छ । साथै विश्वमा भएका घटनाहरू, देशको राजनीतिक घटनाहरू जान्न मनलाग्छ । त्यसैले पनि दैनिक रूपमा यी सञ्जाल चलाउने गर्दछु । अचेल त दुर्इबाट तीन वर्ष नपुगेका बच्चाले पनि फेसबुकमा फोटो राख्न जानेका हुन्छन् । सामाजिक सञ्जालले मानिसको सामाजिक सम्बन्धको दायरालाई बढाउँछ, राम्रा अभ्यासहरूलाई फैलाउँछ र सम्बन्धलाई सुदृढ पार्छ । रेडियो, टेलिभिजन जस्ता परम्परागत सञ्चारमाध्यमको तुलनामा ‘सोसल मिडिया’ बढी लोकतान्त्रिक छन्, किनभने यहाँ सबैले आफ्ना अभिव्यक्तिहरू राख्न पाउँछन् । आफ्ना गतिविधिहरू सार्वजनिक गर्न सक्छन् । इन्टरनेटमार्फत् सामाजिक सम्बन्धको दायरालाई विश्वभरि फिँजाउन पाउँछन् ।

बिद्यार्थी भनेका विद्याको अर्थ लागाउने भन्ने बुझ्नु पर्छ । तर उसले ब्याख्या गरेको अर्थ ठिकबेठीक के हो जान्नु सबै भन्दा जरूरी हुन्छ । त्यसै गरी सामाजीक सञ्जालमा आउने नयाँ कुराको ब्याख्या गर्न जान्यो भने चाही त्यो पक्का विद्यार्थी हो भन्दा हुन्छ । “सामाजिक सञ्जालहरुमा नकारात्मक विचारहरु मात्रै आउदैनन, त्यहा आफुलाई मन परेका, रमाईलो र उत्तेजक लाग्ने सामग्रीहरु पनि छनौट गर्न पाईने भएकाले राम्रो व्यवहार निर्माणका लागि यो सहयोगी हुने देखिन्छ”, एक अध्ययनले देखाएको छ ।

सामाजिक सञ्जालमा तपाईंका कतिवटा एकाउन्ट छन् ? हालैको एक अध्ययनले सामाजिक सञ्जालमा धेरै एकाउन्ट हुनुले व्यक्तिको मानसिक स्वास्थ्यमा प्रभाव पर्ने देखाएको छ । अध्ययनका अनुसार शुन्य देखि २ वटा सामाजिक सञ्जाल एकाउन्ट हुनेहरुको तुलनामा सात देखि ११ वटा एकाउन्ट हुनेहरुमा डिप्रेसन र एन्जाइटीको सम्भावना तीन गुणा बढि हुन्छ । युनिभर्सिटी अफ पिट्सबर्ग स्कुल अफ मेडिसिनले गरेको अर्को एक अध्ययनले युवाहरु जति धेरै समय सामाजिक सञ्जालमा बिताउँछन्, त्यति नै बढि दुखि हुने देखाएको छ । सामाजिक सञ्जाल ठूलाठूला राजनीतिक बहस गर्ने वा एजेन्डा सेट गर्ने ठाउँ त हुँदै हो, सूचनाको स्रोत पनि यही बनेको छ । तर, केही युवाका लागि अन्तरमनको साथी बनेको छ । कसैलाई रिस पोख्ने माध्यम पनि सामाजीक सञ्जाल हो, कत्ति कुराहरू डाइरेक्टली भन्न सकिँदैन, ती कुराहरू सोसियल मिडियाबाट भन्न सकिन्छ ।

सामाजीक सञ्जाल एक सुचना संचारको माध्यम हो । यस मार्फत विश्वमा घटेका घटनाको तुरून्त समाचार प्राप्त गर्न सकिन्छ । विदेशी कला, संस्कृती, रहनसहन, तिनीहरूका विचार, दैनीक कार्य तथा अन्य थुप्रै कुराहरूको ज्ञान प्राप्त गर्न सकिन्छ । साथै ति कुराहरूको गहन विचार विमर्ष गरेर मात्रै आफूले तिनीहरूको संस्कार, रहनसहन, विचार र्इत्यादीलार्इ अंगाल्नु पर्छ । हचुवाको भरमा ति कु-संस्कार अंगालीयो भने हाम्रो देशका कला, संस्कृती, बानीब्यहोरा, अचार, विचार आदि संकटमा पर्छन् । यसैले विद्यार्थीको रूपमा हामीले फिल्टर (Filter) गरेर मात्र तिनीहरूका संस्कार जान्नु पर्छ । हामी नेपाली भर्इकन नेपाली संस्कृतीको संरक्षण गर्नु पर्दछ ।

सामाजिक सञ्जालले हामीलाई संवेदनाहीन पनि बनाउँदै लगेको छ । कुनै घरमा आगो लाग्यो भने पानी छ्याप्ने वा निभाउनका लागि प्रयत्न गर्ने कम, सेल्फी खिचेर समाजिक सञ्जालमा हाल्नेहरूको भिड ज्यादा हुने गरेको छ । नेपालमा भुइँचालोलगत्तैको उद्धार कार्यमा खटिने कम र मोबाइल हातमा लिएर सेल्फी खिच्नेहरूको भिड बढी थियो । सबैलाई आ–आफ्नो सामाजीक सञ्जालबाट समाचार ब्रेक गर्ने हतारो थियो । गतिलो काम गरेर त्यसमा गर्व गर्नु राम्रो कुरा हो । अलिअलि काम गरेर अलिअलि फुर्तीफार्ती देखाउनु पनि ठिकै होला । तर, ज्यादै नगन्य काम गरेर डंका पिटाउनु वा गर्दै नगरेको काममा जस लिन खोज्नु सरासर बेइमानी हो । हामीभित्र बढेको सामाजिक भइटोपल्ने रोगले हामीलाई असामाजिक बनाइरहेको छ । बेलैमा होस् पुर्याऔं, असामाजिक हुनबाट बचौं ।

सामाजीक सञ्जालको प्रयोग गरेर विभिन्न ब्यक्तीका विचारहरूलार्इ स्थान दिएको छु ।

@Pravinaryal20

कावासोती-८, नवलपरासी
(हाल काठमाडौं)

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *