नविनता

नविनता
May 22, 2016 No Comments निबन्ध admin
संसारको फूलवारीमा फुलेका अनगिन्ति फूलहरु जहिले पनि ओईलाउन सक्छन्, ति अनगिन्ति फक्रिन लागेका कोपिलाहरु जतिबेला पनि नष्ट हुन सक्छन् । झलमलाउँदो चन्द्रमा वादलले छोपिदिएमा बरु मादकता थपिएँला, ऐना टुक्रीएमा भावना जोडीन सक्दैन । फूल ओईलाएमा बरु माली निराश नबन्ला, कोपिला नै टुक्रीएमा आत्मा कसरी नसम्झिएला र ? मालि नछट्पटाउँला र ? फूलको माया मालीलाई नहुने त होइन तर वोटमा कोपिला रहूञ्ज्याल उसलाई ढाडस मिल्छ रे !भोलि त त्यो फूल बनिहाल्छ नि जब कलकलाउँदो कोपिला उ देख्न सक्छ, जब ऊ उस्ता कोपिलाहरु देख्दैन तब उ भन्छ रे खैं अब त पातहरु पनि निख्रिएलान् अनि जर्जरता र कठोरताले समाऊला, बुढौलीले समाउँला अनि कालले ढलाउँला जबसम्म सास तब सम्म आश् । आफै ढलिगएमा कस्को के चाख । त्यस्तै नविनता, नौलोपन वा प्ररम्भिक चरण सबैको लागि उत्साहबर्धक हुन्छ चाखलाग्दो हुन्छ, फूलको कोपिला जस्तो लोभ लाग्दो हुन्छ ।
About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *