केही छोटा कविताहरू

केही छोटा कविताहरू
May 12, 2016 No Comments कविता admin
  1. विकट जगत चिन्तन्, मोहले गर्छ बाधा ।
    भंवँर भमर जस्तै, फूल छानेर नौला ।।
    गतिमय गति फिर्दाे चाल सम्पूर्णताको ।
    विकट जगत हो यो, मोह सम्पूर्णमाको ।।
  2. उपकारी भलो कार्य गर्न मात्र सकें भयो ।
    अजम्मरी कहाँ होर, हाम्रो जीवन पो र यो ।।
    रोग व्याधी अनेकौं ती, मिलेर यो मरेपछि ।
    कुभलो र भलो केहो, पाँइदैन गरु भनी ।।
  3. कणकण्को वनावट्ले, सिङ्गो देह बनेसरी ।
    टुक्रा टुक्रा मिले बन्ला एक थुप्रो उसै गरी ।।
    शुद्ध अशुद्ध ती जम्मै, पानी बाट समुन्द्र झै ।
    अर्थ अनर्थले होला सिङ्गो एक स्वरुप् कसै ।।
  4. कलेजाको टुक्रा छटपट गरेको विरहको ।
    अवस्थामा हाँसो बकबक अनौठो विरसको ।।
    भयो कस्तो कस्तो झट पट हतार्को समझमा ।
    भयो आधा आधा मन तन अकस्मात् झटपटमा ।।
  5. एक्लो छैन म आज छैन अबला संसार मेरै छ यो ।
    काये छैन म आज छैन वशमा जाल्झेल इत्यादिको ।।
    मेरो गल्ति र दोष छैन गुणमा विग्रन्न मेरो मत ।
    सारालोक म बाट चल्छ गुणमा मेरै छ आत्मा वल ।।
About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *