Er. Pravin Aryal
Inspired for Innovation
~कृष्ण प्रसाद अर्याल~
मथि हेर्दा रित्तो आकाश
तल हेर्दा नांगा डाँडा,
हिमाल हेर्दा हिऊको थुप्रो
तराई हेर्दा घना जंगल्,
जता हेर्यो त्यस्तै त्यस्तै
अन्त हेर्दा केही पनि छैन,
मनको पिधारी सम्मै
हेर्न त झनै सकिदैन,
उदास् लाग्दो वेलामा त
सवै खस्रा जस्ता लाग्छन्,
अग्न्याश्त्रले डढाए झै
मनैलाई डढाऊँ छन्,
कतै पनि कुनै चिज
सन्तोष दिन डराऊँछन् ।