दौडन्छन् कवि

दौडन्छन् कवि
September 28, 2016 No Comments कविता admin

~कृष्ण प्रसाद अर्याल~Krishna-Prasad-Aryal

छन्द : हरिणी र शार्दूलविक्रीडित

। । ।  । । ऽ  ऽ ऽ ऽ  ऽ । ऽ  । । ऽ  । ऽ
सललल, सधै, त्यो, खोलाको प्रवाह छ जो नयाँ ।
कललल, सधै यो, आत्माको नयाँ अनि चाहना ।।
ह..र..र..र, उडी त्यो, हावामा बनाउछ वासना ।
त..र..र..र, तही ती, ताराझै रमाउँछ स्वर्गमा ।।

झिलिमिलि, भई, त्यो, आकाश्वाट बादल गर्जदै ।
छ..र..र..र, छनी ती वर्षाका पवित्र जल वर्षदै ।।
सललल, सधै यो, व्यापार् सृष्टि कारण कामना ।
बहुबिध लिई झन्, सदीच्छा बनाउँछ झन्न यो ।।

ऽ ऽ ऽ  । । ऽ  । ऽ ।  । । ऽ  ऽ ऽ ।  ऽ ऽ ।  ऽ
दौडन्छन् कवि कल्पना जगतमा उड्छन् पखेटा लिई ।
रोकिन्नन् रति छन्दका नियमले भाषा नमीठो परी ।।
सीपै हो रस रंगको सकलको सीपै छ राम्रो पनि ।
टुक्राबाट अमेलका घर खडा हुन्छन् र सी सीपै भएँ ।।

माथीको कविता #हरिणी_छन्द मा पहिला दुर्इ हरफ र #शार्दूलविक्रीडित_छन्द मा अन्तिम हरफ लेखिएको छ ।

हरिणी छन्द, -न स म र स ल ग ।
४ – ६ – ७ मा विश्राम – १७ अक्षर

शार्दूलविक्रीडित छन्द, -म स ज स त त गु ।
१२ – ७ मा विश्राम – १९ अक्षर
#KP_Aryal
@Pravinaryal20

कावासोती-८, नवलपरासी
(हाल काठमाडाैं)

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *