Er. Pravin Aryal
Inspired for Innovation
~प्रविण अर्याल~
हे मेरी प्रेमिका
नजाँउ मलार्इ छाडी अरूका
अतित संझेर रूनु पर्नेछ प्रेमीका
म र तिमी, जीवन साथसाथ
साठ्ठी विताउने रहर थियो,
तिम्रा दुर्इ दातको विच चुरोट राखी
सरक्क तान्ने ति कल्पनाका खाका
भविष्यलार्इ अतित नबनाउन प्रेमीका
कल्पनाको हत्या नगर प्रेमीका
म तिम्रो साथ दिउँला
तिमी लाैरो टेकाैली
अनि संगैसंगै संसार डुलाैला भन्ने
ती कल्पनाको हत्या नगर प्रेमीका
भविष्यलार्इ अतित नबनाउँ न प्रेमीका
😄😅
तिमी र म रमाउन चालीस कटाउनु पर्दैन
तिमी हुन्छ मात्रै भन
म तीन गड्डी बोकेर अाजै अाउँछु तिमीकाँ
कावासोती-८, नवलपरासी
(हाल काठमाडौं)