Er. Pravin Aryal
Inspired for Innovation
जादूले देश न बन्ने नाराले दु:ख टर्दैन
श्रद्धा र शान्ति प्रसाद, सद्भाव मेल नभए
अहिंसा धर्म सहिष्णु, स्वतन्त्र हक नहुने
ढाँटेर अब चल्दैन, शोषण गर्ने उपाय
तर्केर सुख मिल्दैन, खाएको ऋण हिसाव
जाल्झेल छल सोझमा पाईन्न गर्न यो बेला
स्वतन्त्र सोझा निर्धाको आइसक्यो अव सुबेला
उफ्रेर चर्को स्वरले, थुनिन्न मुख कसैको
जादूले दाउ नलाग्ने युग हो हेर सत्त्यको
जो हुन्न हुन्छ भन्दैन विश्वस्त हुने मानिस
बादल्ले घाम छेकिन्न चौबिसै घण्टा नभमा
हातले छेकि वतास छोड्दैन छर्न सुवास
खोलाको पानी आफै त्यो वगेर पुग्छ सागर
न्यायको साथ दैव छ झूठको भने दानव
दानवी वल टिक्दैन, ढाटेर सत्त्य सुबास ।