:- कृष्ण प्रसाद अर्याल
उम्रन्छन् अघि बाँसले उभय त्यो तोकेर नुग्छन् पछि ।
सक्दैनन् किन लक्ष्क्ष्यमा अडिग भै ती बढ्न ठाडै भनि ।।
खोज्दैनन् किन तथ्य यो जगतका जान्नेहरूले कसै ।
व्यर्थै आपसमा विवाद बढ्ने खोज्छन् र फाटो सधै ।।
थुप्रै छन् यस रीतका विगतका साँचा समस्याहरू ।
ताकेका विधि बाँस कै किसिमले लत्रेर लुग्न्या अरू ।।
अल्झिन्छन् नर बाध्यता र गतिमा आधार यस्तै परि ।
आकाश्को विच धर्तिका उपरमा जो कैदमा छन् सधै ।।
छैनन् क्वै पनि प्राँणका शरिर ती पाका नमर्ने अनि ।
कच्चा हुन् क्षण मात्रका विषय झन् धन्माल दौलत् पनि ।।
जसका कारणले खडा छ दुनियाँ त्यो तत्त्व गाह्रो छ नै ।
तै मान्छे विधि विग्ज्ञ भै सकलमा जोतिन्छ चाडो हुँदै ।।
पल्टन्छन् युग यी विवाद विचमै त्यो बाँस नुग्दै छ त्यो ।
मर्दैछन् नर कालका वश हुदै संसार यस्तै भयो ।।
तै वाच्ने मन चाहना अमरवा खोजेर लड्न्या हरू ।
लड्दैछन् अझ कालका उपरमा उस्तै छ चाला अरू ।