के तपाई टाउको दुख्ने रोग बाट दिनप्रतिदिन सामना गर्नु परि रहेको छ ?

के तपाई टाउको दुख्ने रोग बाट दिनप्रतिदिन सामना गर्नु परि रहेको छ ?
August 16, 2015 No Comments Uncategorized admin
के तपाई टाउको दुख्ने रोग बाट दिनप्रतिदिन सामना गर्नु परि रहेको छ ? तपाई चाहन्नु हुन्छ कि मेरो टाउको दुख्ने समस्या छिटो निको होस तर निकाको साटो बल्झिदै गको छ भने तपाईहरु आज स्वास्थ्य सम्बन्धि बारे ई कुराहरु पढ्नु होस । सामान्य त टाउको दुख्ने समस्या मधेश लगायत हाम्रो नेपाल र विश्वभर नै कायम छ ।‘टाउको दुखाइ’लाई व्यावहारिक समस्या र औडाहाको उखाने–अभिव्यक्तिका रूपमा पनि हामी लिने गर्छौं । टाउको दुखेपछि कुनै काम गर्न मन नलाग्ने, वास्तविक अर्थमा काम गर्न अत्यन्त गाह्रो हुने बाधक पीडाका रूपमा लिइन्छ । 
धेरै मानिस टाउको दुखेको बुझ्छन् तर त्यसको कारण वा रहस्य जान्न सक्दैनन् । जथाभावी औषधि खाने गर्छन्, तर यो उचित उपचार होइन । टाउको दुख्नु आफैंमा रोग होइन, शारीरिक समस्या वा रोगको कारण हुन्छ । डाक्टरहरूले टाउको दुख्नुलाई तीन किसिममा वर्गीकरण गरेका छन्– प्राथमिक टाउको दुखाइ, बिमारीको लक्षणका रूपमा र डाक्टरी भाषामा ‘क्रानियल न्युराल्जिया’ भनिने शिरका नसाको पीडाका कारण हुने टाउको दुखाइ । टाउको दुखाइ दिमागमै दुखेर होइन, किनकि दिमाग आफैंसँग त्यस्तो नसा हुँदैन, त्यसैले मगजको वरिपरि अवस्थित संरचना र मांसतन्तु बाट उत्पन्न हुन्छ । शिरमा भएका हड्डी, मांसपेसी, खोपडी, शिरानाल, आँखा, कान, नाक, मस्तिष्क आवरणका रूपमा रहेको झिल्ली जसलाई ‘मेनिन्जेस’ भनिन्छ, मेरुदण्ड, धमनीहरू, नसा, नर्भहरूमा सुजन, जलन वा औडाहा हुनाले टाउको दुखाइका रूपमा महसुस हुन्छ ।
दुखाइ हल्का, चर्को, टन्टनाउने खालको, एकनास वा गहिरो गरी अनेक प्रकारले दुख्ने हुन्छ । तनाव का कारण हुने टाउको दुखाइ, जो आवेगगत कारणले पुरुषमा भन्दा बढी महिलामा हुने गर्छ । यसमा स्ट्रेस बढी भयो भने टाउको दुख्ने हो र यो दुवैतिरको पुर्पुरो वा यस वरिपरि दुख्छ । आधा दुखाइ र एकमुष्ट रूपमा हुने कपाल दुखाइ प्राथमिक खालको दुखाइ हो । माइग्रेन खालको दुखाइ पनि विभिन्न कारणबाट हुन सक्छ । शरीरमा कुनै बिमारीका कारण हुने टाउको दुखाइमा चिकित्सकको सल्लाहमा जानुपर्छ । यसखालको टाउको दुखाइलाई ‘सेकेन्डरी हेडेक’ भनिन्छ, जुन टाउको दुखाइले रोगको लक्षण बताइरहेको हुन्छ । जस्तो उच्च रक्तचाप, आँखा दुखेर, ब्रेन ट्युमर भएर, स्पोन्डिलाइटिस भएमा निधारतिर टाउको दुखाइ, कसैकसै लाई पित्तथैलीमा पत्थर भएर, भाइरस ज्वरो वा टाइफाइड भएको लक्षणका रूपमा पनि टाउको दुख्ने गर्छ । दाँत धेरै दुखेको छ भने पनि नसाको असरबाट टाउको दुख्न सक्छ । मेनिन्जाइटिस, इन्सेफ्लाइटिस, ब्रेन ट्युमर भएको छ वा दिमागमा रक्तस्राव भयो भने टाउको दुख्नुका साथै बान्ता हुने, एउटा वस्तुलाई दुइटा देख्ने, खान मन नलाग्ने हुन्छ । कसैलाई प्रचण्ड गर्मीमा छाता नओडी धेरै हिँडेमा, रक्सी धेरै पिएर उत्पन्न हुने जलअल्पतामा, अम्लपित्त ज्यादा बढ्यो भने ज्यादा जाडोमा टाउकोमा न्यानो लुगा छैन भने विषाक्त गन्धले र धेरै अनिँदो भएको कारणले पनि टाउको दुख्छ । टाउको दुखाइमा उमेरलाई पनि ध्यान दिनुपर्छ । ४५–५० वर्ष उमेरको मानिसलाई टाउको दुखेको छ भने उसलाई उच्च रक्तचापको कारणले पनि हुन सक्छ भनेर रक्तचाप जाँच्नुपर्ने हुन्छ । २०–२५ बर्से अथवा तन्नेरी उमेरको मानिसले टाउको दुख्यो भन्छ भने उसका आँखा कमजोर भएर चस्मा खोजेको कारणले हुन सक्छ । उपचार टाउको दुखाइको प्रकृतिअनुसार उपचार अपनाउनु जरुरी हुन्छ । गाउँघरमा हामी देख्छौं, टाउको दुखेपछि कसेर फेटा बाँध्ने चलन छ । नसालाई कसेपछि त्यसले काम गर्न पाउँदैन र टाउको दुखेकोमा राहत भएको लाग्छ । तर, यो ठीक तरिका होइन । दिमागमा जाने नसाहरूको काममा असर पर्नेगरी जोडले कसेर फेटा गुथ्नु हुँदैन । आकस्मिक रूपमा हल्का रूपले टाउको दुख्दा चिया–कफी आदिको सेवनले पनि ठीक हुन्छ । किनकि, चिया–कफीमा क्याफिन भन्ने तŒव हुन्छ, जसले सानोतिनो टाउको दुखाइलाई ठीक गर्न सक्छ । तनाव भएर हुने टाउको दुखाइका लागि स्ट्रेस मेनेज्मेन्टका अनेक उपाय आजकल पत्ता लागेका छन् । यसमा सकेसम्म लामो–लामो सास फेर्ने, धेरै पानी वा जुस आदि पिउने, मनमा कुरा नखेलाउने, मनोरञ्जनात्मक कुरामा ध्यान लगाउने आदि उपाय उपयोगी छन् । योग तथा प्राणायमका साधकहरूले ‘अनुलोम–बिलोम’ प्राणायमलाई निकै उपयोगी उपाय बताएका छन् । यसले माइग्रेन पनि निको हुने दाबी छ । यो खालको प्राणायममा नाकको एकापट्टिको प्वाल थुनेर अर्कोपट्टिबाट लामो श्वास तान्ने, सकेसम्म फोक्सो भर्ने र श्वास छोड्ने बेलामा श्वास तानेपट्टिको नाकको भागलाई थुनेर अर्कोपट्टिबाट लामो गरी श्वास छोड्ने गरिन्छ । यो क्रिया कम्तीमा १० मिनेटदेखि २० मिनेटसम्म गर्नु उपयोगी हुने बताइएको छ । साथै, योगसान पनि छ, जसमा घुँडा टेकेर पेट, छाती र टाउकोलाई भुइँमा छुनेगरी सुताइन्छ, साथै दुवै हातलाई तन्काएर शिरभन्दा अगाडि भुइँमा बिछ्याइन्छ । यो क्रिया कम्तीमा तीनचोटि १५÷१५ सकेन्डको दरले गर्नु उचित भएको बताइन्छ । सामान्यतः टाउको दुख्दा कसैकसैले एस्पिरिन, ब्रुफेन, एसेटामिनोफेन, नेप्रोक्सेन आदि औषधि सेवन गर्ने गरेको पाइन्छ । यो ठीक उपचार होइन ।यी औषधिले पेटमा साइड इफेक्ट गर्दछन् । पेटको अल्सर भएका बिमारी, धेरै मद्यपान गरेर कलेजो कमजोर बनाएकाहरूले त यस्ता औषधि सकेसम्म नलिएकै सबैभन्दा राम्रो हुन्छ । यस्ता औषधिको बढी सेवनले किड्नीमा असर पुग्ने र किड्नी फेलको समस्यासम्म उत्पन्न हुने जोखिम बढ्छ । बच्चालाई त यी औषधि दिन वर्जित छ ।
Reference:Zoomnp.com
About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *