यदी तपाई शाकाहारी हुनुहुन्छ भने तपाईलाई मन पर्ने Diet पनिर हुन सक्छ । तपाई कहिले काहि Hotel, Party अथवा Restaurant मा गएको बेला पनिरको order गरेको सम्झना गर्नुहोस् ।
पनिर एउटा दुघ्दजन्य पदार्थ हो जुन नुनीलो अथवा गुलीयो स्वादमा तयार गर्न सकिन्छ । यसलाई तरकारीको रुपमा अथवा अन्य गुलीया खानामा मिलाएर खाने गरीन्छ ।
प्राय जसो त मानिसले यसलाई यसको स्वादको कारणले खाने गर्छन् यद्यपी यसका धेरै स्वास्थ्यलाई फाईदा गर्ने पोषण तत्त्व रहेको हुन्छ ।
१) यसमा प्रसस्त मात्रामा प्रोटीन हुन्छ जसले शरीरका मांसपेशी मजबुद राख्न मद्दत गर्छ ।
२) यसले वालवालीकाको शारीरिक र मानसीक विकासमा सघाउ पुर्याउँछ ।
३) यसमा शरीरको हाडलाई मजबुद राख्ने तत्त्व भरपुर मात्रामा हुन्छ ।
४) यसमा हामीलाई चाहिने भिटामीन “डि” पनि प्रसस्त हुन्छ ।
५) आफ्नो तौल घटाउन चाहनेलाई पनि यो फाईदाजनक हुनेछ ।
६) यसमा Omega 3 पाईन्छ जसले मानसीक विकासमा सघाउ पुर्याउँछ ।
७) यसमा शरीरलाई चाहिने धेरैजसो खनिज पदार्थ पनि हुन्छ ।
८) ब्लड प्रेसर अनि कोलेस्ट्रोल को मात्रा सन्तुलीत राख्न मद्दत पुर्याउँछ ।