Er. Pravin Aryal
Inspired for Innovation
दिनको हिसाव आज किन चाहियो र हिजो गईसक्यो भोलि आऊन बाँकि नै छ वर्तमान सदाको साक्षि जीवीतै छ तव म आज यहाँ अन्तरालको वा सच्चाई र वेवफाईको विचको वात गर्दैछु वा लेख्दै छु । शायद तिमीलाई यो अनावश्यक कपोत कल्पित वा स्वार्थि ढाेंग लाग्नेछ तर ह्दय सागर वाट जे जस्तो लहर आउँछ कलमले आफ्नू खुवि अनूसार शव्द वनाएर कागजमा कोर्दछ । चाहे तिमी जे सोँच जस्तो विचार गर चाहे जस्तो संझ मलाई थाहा छ, चाहे तिमी आफूलाई जति नै टाढा लै जान खोज आफूलाई लुकाऊँन खोज मेरो यादले तिमिलाई पिरोली राख्छ तड्फाई अनि सदा एक दर्द भरि जीन्दगि विताई रहेकि छ्यौ अनि मलाई त्यो पनि थाहा छ तिमी मलाई वर्षौ देखि चीन्दछ्यौ मनैमन मलाई श्राप दिई राख्छ्यौ । मायाको भाषामा भनौ भने मेरो भलोचिताऊँ छ्यौ तर यो पनि जानि राख कि तिमी जस्को प्रेम सच्चा ठान्द छ्यौ त्यो एउटा मूर्ख पागल र वौलाहा भएको छ स्वार्थ वस भएर ।