Er. Pravin Aryal
Inspired for Innovation
भारा हो कुन जन्मको र अघिको भारी छ प्यारो छ त्यो ।
मायाँ हो कुन रंगको र रसको लाग्दो छ मायाँ अहो ।।
धोखाको कि त स्वप्नको तिरिरिरि त्यो भ्रम जञ्जाल हो ।
बाटामा अनि घाटिमा विषयको जो एक पर्खाल हो ।।
पारावार सदा, थपक्क धुनमासंगीतका शब्दमा ।
एकाकार रही समान गतिमाजो हुन्छ रफ्तारमा ।।
छायाँमा अनि मोहमा समयको चाल्ढाल ईत्त्यादिमा ।
साक्षात्कार हुँदै रहन्छ जुन त्यो निर्विघ्न काम्काजमा ।।
भारा हो कि त जन्मका समयको यो जीवको संगत ।
मायाँ हो कि त आजका विषयको औ मोहको कारक ।।
धोखा वा वदला उदार पनको यो खेल पाजी छ यो ।
भारी लायककै छ आज जसको छुट्दैन छायाँ र त्यो ।।