Er. Pravin Aryal
Inspired for Innovation
मेरो रगत चुसेर ढाडिएका जुकाहरु हो
सुन यता मेरो कुरा सुन
त्यस्तै मेरो पसिना चाटेर मोटाएकाहरु हो ।
तिमीहरुले पनि सुन राम्ररी सुन
ए मेरो आडमा बाचेकाहरु हो
परवाट हेर्ने नजिकमा डर्नेहरु हो
मेरो डाह र ईष्र्यामा जल्नेहरु हो
तिमीहरु प्नि सुन
मलाई देख्दा त्यसै त्यसै मात्तिनेहरु हो
कतै भेट्दा कता कता आत्तिनेहरु हो
म संग के छ र ? अव हेर म नाङ्गै छु म मरिसके हो म मरिसके
ए चुडैलहरु हो तिमीहरु के चाहन्छौ भन
मलाई खान चाहन्छौ ? मलाई चुस्न चाहन्छौ ?
मलाई कुट्न चाहन्छौ ? मलाई पिस्न चाहन्छौ ?
खाऊँ खाऊँ चुस पिस कुट जे मन लाग्छ गर
तर चुडैलहरु हो यति कुरा भन तिमीहरु के चाहन्छौ ?
लुट्न मन लाग्छ लुट, थुक्न मन लाग्छ थुक
थिच्न मन लाग्छ थिच, काट्न मन लाग्छ काट
तिमीहरुलाई जे आऊछ तर भन
तिमीहरुलाई के मन लाग्छ ?
के तिमीहरुलाई म संग खेल्न मन लाग्छ ?
वा तिमीहरुलाई म संग ईष्र्या लाग्छ ?
के मलाई चुम्न मन लाग्छ भन साँचो भन ।