मनको त्यो स्वतन्त्रता

मनको त्यो स्वतन्त्रता
October 1, 2016 No Comments कविता admin

~कृष्ण प्रसाद अर्याल~Krishna-Prasad-Aryal

छन्द : पञ्चचामर

।ऽ। ऽ।ऽ ।ऽ। ऽ।ऽ ।ऽ। ऽ
हैन हैन हुदै हुन्न, भन्छ मन स्वतन्त्र झै ।
अविच्छिन्न महाकाश, मित्रबद्ध भर्इ उसै ।।
तर हुन्छ कुनै अर्को, भनेको त्यो हुदैन झन् ।
हुन्छ हुन्न भनी केही, लछार्दैन स्वतन्त्र मन ।।

सकेको जति कोशिस्ले षड्यन्त्र जति रच्दछ ।
मिलेको जती एेश्वर्य, लुटेंर सुख ढाक्दछ ।।
ठान्दैन भोलि पालोलो, घमण्ड नाश गर्दछ ।
सामर्थ्य बुद्धि षड्यन्त्र रचेर तर बस्दछ ।।

हिजोको दिन संझेर, अाजको काम झंझट ।
टर्दैन सुख फर्कन्न, लाग्दैन जुन निर्मल ।।
तैपनी होश अाशामा, ती अनुभव ज्ञानले ।
सुस्मृति पट झल्कन्छ, संजोगवश अर्थले ।।

बासन्ती याम बेलाझै, तुरून्त घाम बादल ।
जोडको वायु बर्षाझै, अस्थिर भाँव चन्चल ।।
उडार्इ होश सातोले, खादोछ जुन संगत ।
यो भन्दा घात अात्माको, देखिन हेर अन्तत ।।

पञ्चचामर छन्द: -ज र ज र ज गु
अक्षर संख्याः १६,
४ – ४ – ४ – ४ मा विश्राम
#KP_Aryal
@Pravinaryal20

कावासोती-८, नवलपरासी
(हाल काठमाडाैं)

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *