प्रलापहरू

प्रलापहरू
January 7, 2017 No Comments कविता admin

~कृष्ण प्रसाद अर्याल~Krishna-Prasad-Aryal

कविता

एकोहोरो फलाकीएका प्रलापहरू ।
दोब्य्राई दोब्य्राई पटाईएका पत्रहरू ।।
खल्ला खल्ला तीता र टर्रा छन् ।
खस्रा खस्रा र रूखा रूखा छन् ।।

मेसो नपाएर भौतारिएका भ्रमणहरू जस्तै ।
बाट्न नजानेर बटारिएका पोयाहरू जस्तै ।।
निरर्थक निस्सार र निस्प्रयोजनयि भई ।
निस्तेज, निस्फल निन्दित र कनिष्ठ भई ।।

वाह्रैमास गतिशील चञ्चल र नियमित झरना सरी ।
चौविसौ घण्टा कार्यशिल शितल शितल् पवन् सरी ।।
एकोहोरो एकोहोरो मिथ्याट लाग्दो र पट्यार लाग्दो भएर ।
अप्ठेरो अप्ठेरो उच्चार लाग्दो र असपटाऊदो बनेर ।।

टाउकोका रौं रौं लाई पनि हैरान पारि सके ।
नशा नशा र तरङ्ग रंगमा पनि चढि सके ।।
आँखाका नानीहरू पनि यी पाट्टिई सके ।
कानका यी पटहरु पनि थाकी सके ।।

झर्को लाग्ने यी कोलाहल र क्रन्दनहरू ।
काल चक्रका यी थप्पड र थेचारोहरू ।।
प्रतिरोध र पलायनताका यी प्रलापहरू ।
प्रभावहिन र पटयार लाग्ने छन् गुणहरू ।।

#KP_Aryal
@Pravinaryal20

कावासोती-८, नवलपरासी
(हाल काठमाडौं)

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *