:- कृष्ण प्रसाद अर्याल
जे जस्ता पनि कल्पना बटुलिदा आशा भरोसा हुँदा ।
जे जे मा मन कल्पना विगतका हुन्थे रसीला सदा ।।
जम्मै सार्थक भै, असंभव कुनै त्यो व्यर्थ को क्वै कुरा ।
शंकामा पनि वाँचला अव कहाँ अड्दैन झूठा कुरा ।।
त्यस्तै ती शुभ संझना विषयका हाँगा र शाखा पनि ।
जे जे मा हित चाहना रहँदथ्यो आएर आशा बनी ।।
झुल्नन् वोट महाँ लटक्क फलले झन् सत्य फैलाउनन् ।
साँचा वा शुभ कल्पना समयमा पौचो पूरा हुनन् ।।
जे जे हुन् शुभ कामना विगतका बाँकी अधूरा कुरा ।
बेलाले अव रोकदा पनि कसै दौडेर आशा छदा ।।
तोडी बादल सूर्यले किरणको बाटो खुलाए सरी ।
आफै योग उपायले र बलले गर्नन् पुरा यत्नले ।।