:- कृष्ण प्रसाद अर्याल
२०४३–५–१६
भुवाचिदी
एउटा थियो आशा केन्द्र कताकता टाढाटाढा ।भर विश्वास त्यस्तै थियो मनै मनका डाडाँ काडाँ ।।दैवलागे बैरी जागे यो मन उड्यो कताकता ।सवै बाधाभए, म त भए दोवाटो मै वेपत्ता ।।-१_
राम्रो बोली सुन्नु छैन कस्तै आÏना वाट पनि ।
क्चकच मात्र सुन्नु पर्ने बाबुआमावाटपनि ।।
दोषदिनु कसलाई मैले यसले पो यो गरयो भनि ।
आÏनो जीऊनै आÏनो हैन संझिल्याउदा खेरी पनि ।।
-२_
भर विश्वास कसैको नि मैले गर्न छोडिदिए ।
आफूलाई कताकता वास्ता गर्न विर्सिदिए ।।
कहिले काहिँ काहिँ काहिँ एउटा नाम जप्दै थिए ।
को हो को हो त्यो निष्ठुरी धोकै धोकामा आशु पियो ।।
-३_
पापि मन स्वार्थि तन सुख सुविधा खोज्दै गर्छ ।
राम्रो मिठो देख्यो भने यो अभागीले आखाँ तर्छ ।।
जहा कोहिं छैनन् साथी त्यसैतिर पाइला सार्छ ।
दिन काट्छ डुलिडुलि रातमा सधै भाका सार्छ ।।
-४_
ज्ञान वुद्धि सिप थियो हातखुट्टा नि साथै थिए ।
आउने जाने वाटो थियो मनमा साच्चै आट भए ।।
के ले छेक्यो कसले रोक्यो, दोषि सवै गायव भए ।
आशा टुट्यो मन फुट्यो म त आज घायल भए ।।
-५_
यस्तो पनि हुदो रहेछ, जीन्दगिमा कहिंले कहिंले ।
कसैको त भर विश्वास, गर्दा मैले भुलै भुलले ।।
सजाऊने धोका थियो पहाड मैदान फुलै फुलले ।
आज सवै धोखा नै भो, पहिले विचार पनि नगर्नाले ।।