Er. Pravin Aryal
Inspired for Innovation
जग (Foundation) भन्नाले भवन, पुल, लगायत विभिन्न किसिमका संरचनालाई जमिनमा अडाईराख्न बनाईएको जमिन मुनीको संरचनालाई बुझिन्छ । विभिन्न संरचनाको माथिबाट आउने सम्पूर्ण प्रकारका भार (Load) जमिनमा सहजिलै Transfer गर्नु जगको मुख्य काम हो । त्यसकारण जग, संरचनाको भार थेग्ने गरि बनाउनु पर्छ । बलियो जग नबानाईएको खण्डमा जग धसिने, झुक्ने, भाचिने वा भत्किने गर्छ, जसको कारण सो जगमा आधार बनाईएको संरचनालाई क्षति पुग्छ । जग Fail हुनु भनेको सम्पूर्ण संरचना Fail हुनु हो, जस्को कारण ठूलो जनधनको नोक्सानी हुन पुग्छ । तसर्थ जग अवश्य पनि बलियो हुनुपर्छ ।

नेपालको कुरा गर्दा नेपालमा धेरै प्रकारको माटो, जमिन, भूगोल देख्न सकिन्छ । साथै नेपाल भूकम्पिय जोखिम पनि भएको भूगोल हो । कुनै पनि संरचनाको जग कस्तो बनाउने, कत्रो size को बनाउने भन्ने कुरा त्यस संरचनाको प्रकार, माटोको प्रकार, जमिन भू-धरातल लगायतका विषयमा भर पर्छ । जगको Design यी विविध पक्षले निर्धारण गर्ने भएकोले, सबै ठाँउ, भूगोलमा जग एकै नासको हुदैनन् ।
कल्भर्ट, पुल, भवन, पर्खाल, बाँध, स्तम्भ, ईत्यादी विभिन्न किसिमका संरचनामा Foundation Design गर्दा विभिन्न Engineering Parameters, Codes, Norms, ईत्यादीको प्रयोग गरिन्छ र Design गरिएको जग सोहि संरचनालाई बाहेक अन्य संरचनामा प्रयोग हुदैन । त्यसैले प्रत्येक संरचनाको छुट्टाछुट्टै प्रकारको Foundation हुन्छ ।

कुन जग प्रयोग गर्ने भनेर चाही माटोको परिक्षण, भवनको भार, स्थान, वरपरको संरचना तथा भवनको Case मा साँधसिमाना जोडिएको नजोडिएको, बजेट, ईत्यादी कुरामा निर्भर रहन्छ ।
सबभन्दा पहिले नेपालमा प्रायः भवनमा बनाईने जगको कुरो गरौं । भवनमा पनि विभिन्न किसिमका Foundation हरू हुन्छन् । कुन Footing कहाँ प्रयोग गर्ने विषयमा भन्नुपर्दा माथि उल्लेख गरीएका कारकहरूले निर्धारण गर्दछन् । जस्तो की, भवनको भार गाह्रोले मात्र थेग्ने गरी बनाईएको भवन (Load Bearing Structure) मा Spread/Strip Footing को प्रयोग हुन्छ, जसमा जगको गाह्रोलाई माथिबाट तल जादा चौडा गरीदै लगिन्छ । यो प्रायः बलियो तथा कम झुकाव भएको भूधरातल र बलियो जमिन भएको ठाँउमा निर्माण गर्न सकिन्छ । गाह्रोको चौडा कति बनाउने भन्ने कुरामा भवन कति अग्लो बनाउनेमा भर पर्छ । सामान्यतयाः २ देखि ४ फुट सम्म यसको चौडाई हुने गर्दछ ।

Isolated Footing साना आवासिय घर, कार्यालय भवन, साना व्यापारिक भवन तथा विद्यालयहरूमा मध्यम खालको बलियो जमिन भएको खण्डमा बनाउन सकिन्छ । यो जग पिल्लर (Column) सहितको RCC Buildings, Steel Buildings मा बढी प्रयोग भएको पाईन्छ । यो खालको जग हात्तीको पाईला जस्तो आकारमा बनाईने हुदाँ हात्ती पाईले जग पनि भन्ने गरिन्छ । यो जग बनाउन सजिलो हुन्छ, तुलनात्मक रूपमा अरू जगहरू भन्दा कम लागत लाग्छ, साथै यसको Design गर्न पनि सजिलो हुने हुदा, नेपालमा भवन बनाउदा यो Footing बढी बनाईन्छ । दुई वटा Column एक आपसमा नजिक हुदाँ Isolated Footing को सट्टा Combined Footing बनाईन्छ ।
कुनै पनि भवन साँध सिमानामा जोडाएर बनाउदा बाहिरीभागमा रहेका Column लाई भित्री Column सँग Connect गर्नु पर्छ । त्यसका लागि, दुई Column लाई Strap Beam ले एक आपसमा जोडिन्छ । भित्री भागको Column मा हात्तीपाईले बनाउँदा Column को चारै तर्फ बराबर हुने गरि बनाईएको हुन्छ र Column मा आउने भार सजिलै चारैतर्फ बराबर फैलाउछ, तर बाहिरी भागमा रहेको Column त्यसरी Footing को बिचमा नपर्ने र त्यसमा आउने भार चारै तर्फ फैलाउन नसक्ने भएकोले बाहिरी Column लाई भित्रि Column सँग जोड्नु परेको हो । तर, नेपालमा प्रायः आवासिय भवनहरूमा यो कुरा लागू भएको देखिदैन ।

Mat Foundation प्रायः ठूला व्यापारिक भवन, अग्ला Apartments, Culvert, तथा कमजोर जमिन भएको स्थानमा बनाईन्छ । काठमाडौँमा प्रायः ठाँउमा कमजोर जमिन भएको तथा प्रायः अग्ला भवन बानाउदा यो Foundation बनाउनु पर्ने हुन्छ । यो बनाउन धेरै खर्चलाग्ने, बनाउन दक्ष (Skilled) जनशक्ति लाग्ने, बढी समय लाग्ने ईत्यादी कारणले यो केही झण्झटिलो काम भएको Foundation हो । अति कमजोर माटोमा, Building को उचाई तथा प्रयोजन हेरी यसमा केही अरू संरचना थप्नु पर्ने हुन सक्छ, जस्तो की Pile Foundation थप्नु पर्ने हुन सक्छ । Pile Foundation पिल्लर जस्तो हुन्छ र जमिनको भित्री भागसम्म गाडिएको हुन्छ ।
Pier Foundation अधिक भार हुने संरचनाको भारलाई गहिराईमा भएको कडा चट्टानमा Load Transfer गर्न प्रयोग गरिन्छ । प्राय जसो यो पुलमा प्रयोग गरिन्छ । यो मोटो गोलाई भएको पिल्लर भन्दा पनि हुन्छ ।
Pile Foundation कमजोर जमिनमा संरचना बनाउनु पर्यो भने संरचनाको भारलाई गहिराईमा Transfer गर्नको लागि प्रयोग गरिन्छ । यसले संरचनाको भार गहिराईमा भएको कडा चट्टान तथा माटोको तह सम्म पुर्याउने कार्य गर्छ । साथै त्यस्तो कडा तह नभेटिएमा पनि यसको सतहको घर्षणमार्फत् पनि Load Transfer हुने हुदा यसको प्रयोग बढीमात्रा हुन्छ ।


Well Foundation भन्नाले Box Type Foundation भनिन्छ । Well Foundation अत्याधिक Vertical Load तथा Horizontal Load आउने Structure मा प्रयोग हुन्छ । यस्तो खालको Foundation पुलमा, Pump House तथा नदी तथा समुन्द्री किनारा संरक्षण गर्ने संरचनामा प्रयोग गरिन्छ । यो Foundation निर्माण महङ्गो हुन्छ । Pile अथवा Pier निर्माण गर्दा ठूलो Obstruction आउछ भने यो Foundation उपयुक्त हुन्छ ।
कुनै पनि संरचना बनाउँदा माटो तथा भू-परिक्षण गर्नु महत्त्वपूर्ण विषय हो । तर, नेपालमा ठूला बजेट भएका योजनामा बाहेक, यसलाई खासै महत्त्व दिईदैन ।
नेपालमा आवासिय भवनमा जग बनाउदा देखिने मुख्य समस्या भनेको Foundation लाई महत्त्व नदिईनु हो । नगरपालिका तथा गाउँपालिकाको भवन निर्माण मापडण्डमा Engineering Property प्रयोग गरेमा जग्गाको साँधमा जोडाएर घर बनाउन पाउने नियम भएता पनि व्यवहारिक रूपमा भने यसो भएको देखिदैन । घरको नक्सा पास गर्दा Strap Beam Design गरिन्छ, तर वास्तविक रूपमा Field मा भने बनाएको देखीदैन । घर बनाउने Owner ले पनि जमिन मुनी के नै पो होला र, आखिरमा पुरिने नै त हो भनेर Foundations लाई त्यती महत्त्व दिईएको पाईदैन । जगलाई भन्दा Super Structure को बनोट Looks मा बढी खर्चिन्छ । ठेकेदारलाई त सजिलो जे हुन्छ, त्यहि नै गर्न खोज्छ । ठेकेदारले जे गर्यो त्यहि सहि हुन्छ भन्नेमा घरधनी पनि विश्वस्त हुन्छ किन कि उसले बनाईसकेको घर देख्दा एकदम राम्रो र आकर्षण देखिन्छ । अनि Engineer ले बनाएको नक्सा मात्र Architecture Purpose को लागि प्रयोगमा ल्याईन्छ ।
घरको जग निर्माण गर्ने क्रममा ध्यान नदिदा यसको प्रभाव माथिको Super Structure मा सजिलै देख्न सकिन्छ, जस्तो की भित्री बाहिरी भागमा चर्किएको देख्न सकिन्छ । खानेपानीका पाईप बाङ्गिने, फुट्ने हुन्छ, घरको भित्तामा चिरा देखिने र सोही चिराबाट ओस घरको भित्र पस्ने हुन्छ ।
विभिन्न समयमा हामीले पुल धसिएको, भासिएको समाचार पढ्दै, सुन्दै आएका हुन्छौ । पुल भासिनु, धसिनुमा मुख्य कारण के हो ? ईञ्जिनियरको या ठेकेदारको कमजोरी या प्राकृतिक कारण या अन्य कुनै कारण के हो ? यि कुरामा सधै वादविवाद भैरहन्छ । पक्कै पनि Structure कसरी Fail भएको छ, भन्ने मुख्य कुरा हुन्छ । प्राय जसो Design Data संकलन गरि सकेपछि मात्र कुनै पनि संरचना Design हुन्छन् । Data संकलनको समयमा Test Sample, Insitu Test Location को सहि Represent गर्ने हुनु पर्छ, अन्यथा अरू सबै कुरा सहि हुदा हुदै पनि Structure Foundation मा Fail हुन्छ । त्यस किसिमको कार्य गर्न Advanced Technology विकसित भईसकेका छन् । संकलित Data सहि छ भने Design को कारणले गर्दा Structure Fail हुने संभावना न्यून हुन्छ । नेपालमा हुने कुनै पनि निर्माण कार्यमा Quality Control (गुणस्तर नियन्त्रण) गर्नु मुख्य चुनौती हो । निर्माण कार्यको Quality Control को बेला कमी हुदाँ Structure Fail हुन पुग्छ ।

यि दुई विषय Design र Quality Control मा नियन्त्रण गरिदा गरिदै पनि Structure Fail हुन्छ भने हामीले अनुसन्धान Data Collection बाट सुरू गर्नुपर्छ । Data Collection गर्दा विभिन्न तरिकाहरू अपनाईन्छ । ति तरिकाहरू कति विश्वासिला हुन्, त्यसको प्रयोग विधि, Data Collection Control, Factor of Safety, ईत्यादी विषय हेर्ने गरिन्छ । यि सबै विषयमा अनुसन्धान भएपछि मात्र को दोषि भन्ने कुरा निचोण हुन्छ ।
यदी Structure आफैमा Quality Control मा कमीकमजोरीको कारण फेल भएको हो भने पक्कै पनि सर्व प्रथम दोष ठेकेदार र साईट ईन्चार्ज तिर जानु पर्छ । निर्माणकार्यको समयमा ध्यान नदिदा प्राकृतिक विपत्तीको कारणले हुने क्षति पनि मेरो विचारमा ठेकेदार नै प्रमुख जिम्मेवार हुनुपर्छ । किन भने नेपालमा वर्ष भरि काम नगर्ने अनि जेठ असारमा वर्षाको समयमा हतारहतारमा कार्य गर्ने प्रवृत्ती बढी देखिन्छ । यसले पनि ठूलो क्षति पुर्याउने गर्दछ ।