नेपालको परिवेशमा जग (Foundation)

नेपालको परिवेशमा जग (Foundation)
February 6, 2022 No Comments Knowledge admin

जग (Foundation) भन्नाले भवन, पुल, लगायत विभिन्न किसिमका संरचनालाई जमिनमा अडाईराख्न बनाईएको जमिन मुनीको संरचनालाई बुझिन्छ । विभिन्न संरचनाको माथिबाट आउने सम्पूर्ण प्रकारका भार (Load) जमिनमा सहजिलै Transfer गर्नु जगको मुख्य काम हो । त्यसकारण जग, संरचनाको भार थेग्ने गरि बनाउनु पर्छ । बलियो जग नबानाईएको खण्डमा जग धसिने, झुक्ने, भाचिने वा भत्किने गर्छ, जसको कारण सो जगमा आधार बनाईएको संरचनालाई क्षति पुग्छ । जग Fail हुनु भनेको सम्पूर्ण संरचना Fail हुनु हो, जस्को कारण ठूलो जनधनको नोक्सानी हुन पुग्छ । तसर्थ जग अवश्य पनि बलियो हुनुपर्छ ।

Building Foundation

नेपालको कुरा गर्दा नेपालमा धेरै प्रकारको माटो, जमिन, भूगोल देख्न सकिन्छ । साथै नेपाल भूकम्पिय जोखिम पनि भएको भूगोल हो । कुनै पनि संरचनाको जग कस्तो बनाउने, कत्रो size को बनाउने भन्ने कुरा त्यस संरचनाको प्रकार, माटोको प्रकार, जमिन भू-धरातल लगायतका विषयमा भर पर्छ । जगको Design यी विविध पक्षले निर्धारण गर्ने भएकोले, सबै ठाँउ, भूगोलमा जग एकै नासको हुदैनन् ।

कल्भर्ट, पुल, भवन, पर्खाल, बाँध, स्तम्भ, ईत्यादी विभिन्न किसिमका संरचनामा Foundation Design गर्दा विभिन्न Engineering Parameters, Codes, Norms, ईत्यादीको प्रयोग गरिन्छ र Design गरिएको जग सोहि संरचनालाई बाहेक अन्य संरचनामा प्रयोग हुदैन । त्यसैले प्रत्येक संरचनाको छुट्टाछुट्टै प्रकारको Foundation हुन्छ ।

Daraudi Hydropower Weir and Under sluice

कुन जग प्रयोग गर्ने भनेर चाही माटोको परिक्षण, भवनको भार, स्थान, वरपरको संरचना तथा भवनको Case मा साँधसिमाना जोडिएको नजोडिएको, बजेट, ईत्यादी कुरामा निर्भर रहन्छ ।

विभिन्न जगको परिचयः

सबभन्दा पहिले नेपालमा प्रायः भवनमा बनाईने जगको कुरो गरौं । भवनमा पनि विभिन्न किसिमका Foundation हरू हुन्छन् । कुन Footing कहाँ प्रयोग गर्ने विषयमा भन्नुपर्दा माथि उल्लेख गरीएका कारकहरूले निर्धारण गर्दछन् । जस्तो की, भवनको भार गाह्रोले मात्र थेग्ने गरी बनाईएको भवन (Load Bearing Structure) मा Spread/Strip Footing को प्रयोग हुन्छ, जसमा जगको गाह्रोलाई माथिबाट तल जादा चौडा गरीदै लगिन्छ । यो प्रायः बलियो तथा कम झुकाव भएको भूधरातल र बलियो जमिन भएको ठाँउमा निर्माण गर्न सकिन्छ । गाह्रोको चौडा कति बनाउने भन्ने कुरामा भवन कति अग्लो बनाउनेमा भर पर्छ । सामान्यतयाः २ देखि ४ फुट सम्म यसको चौडाई हुने गर्दछ ।

Strip Footing

Isolated Footing साना आवासिय घर, कार्यालय भवन, साना व्यापारिक भवन तथा विद्यालयहरूमा मध्यम खालको बलियो जमिन भएको खण्डमा बनाउन सकिन्छ । यो जग पिल्लर (Column) सहितको RCC Buildings, Steel Buildings मा बढी प्रयोग भएको पाईन्छ । यो खालको जग हात्तीको पाईला जस्तो आकारमा बनाईने हुदाँ हात्ती पाईले जग पनि भन्ने गरिन्छ । यो जग बनाउन सजिलो हुन्छ, तुलनात्मक रूपमा अरू जगहरू भन्दा कम लागत लाग्छ, साथै यसको Design गर्न पनि सजिलो हुने हुदा, नेपालमा भवन बनाउदा यो Footing बढी बनाईन्छ । दुई वटा Column एक आपसमा नजिक हुदाँ Isolated Footing को सट्टा Combined Footing बनाईन्छ ।

कुनै पनि भवन साँध सिमानामा जोडाएर बनाउदा बाहिरीभागमा रहेका Column लाई भित्री Column सँग Connect गर्नु पर्छ । त्यसका लागि, दुई Column लाई Strap Beam ले एक आपसमा जोडिन्छ । भित्री भागको Column मा हात्तीपाईले बनाउँदा Column को चारै तर्फ बराबर हुने गरि बनाईएको हुन्छ र Column मा आउने भार सजिलै चारैतर्फ बराबर फैलाउछ, तर बाहिरी भागमा रहेको Column त्यसरी Footing को बिचमा नपर्ने र त्यसमा आउने भार चारै तर्फ फैलाउन नसक्ने भएकोले बाहिरी Column लाई भित्रि Column सँग जोड्नु परेको हो । तर, नेपालमा प्रायः आवासिय भवनहरूमा यो कुरा लागू भएको देखिदैन ।

Strap Footing

Mat Foundation प्रायः ठूला व्यापारिक भवन, अग्ला Apartments, Culvert, तथा कमजोर जमिन भएको स्थानमा बनाईन्छ । काठमाडौँमा प्रायः ठाँउमा कमजोर जमिन भएको तथा प्रायः अग्ला भवन बानाउदा यो Foundation बनाउनु पर्ने हुन्छ । यो बनाउन धेरै खर्चलाग्ने, बनाउन दक्ष (Skilled) जनशक्ति लाग्ने, बढी समय लाग्ने ईत्यादी कारणले यो केही झण्झटिलो काम भएको Foundation हो । अति कमजोर माटोमा, Building को उचाई तथा प्रयोजन हेरी यसमा केही अरू संरचना थप्नु पर्ने हुन सक्छ, जस्तो की Pile Foundation थप्नु पर्ने हुन सक्छ । Pile Foundation पिल्लर जस्तो हुन्छ र जमिनको भित्री भागसम्म गाडिएको हुन्छ ।

Pier Foundation अधिक भार हुने संरचनाको भारलाई गहिराईमा भएको कडा चट्टानमा Load Transfer गर्न प्रयोग गरिन्छ । प्राय जसो यो पुलमा प्रयोग गरिन्छ । यो मोटो गोलाई भएको पिल्लर भन्दा पनि हुन्छ ।

Pile Foundation कमजोर जमिनमा संरचना बनाउनु पर्यो भने संरचनाको भारलाई गहिराईमा Transfer गर्नको लागि प्रयोग गरिन्छ । यसले संरचनाको भार गहिराईमा भएको कडा चट्टान तथा माटोको तह सम्म पुर्याउने कार्य गर्छ । साथै त्यस्तो कडा तह नभेटिएमा पनि यसको सतहको घर्षणमार्फत् पनि Load Transfer हुने हुदा यसको प्रयोग बढीमात्रा हुन्छ ।

Pile Foundation

Well Foundation भन्नाले Box Type Foundation भनिन्छ । Well Foundation अत्याधिक Vertical Load तथा Horizontal Load आउने Structure मा प्रयोग हुन्छ । यस्तो खालको Foundation पुलमा, Pump House तथा नदी तथा समुन्द्री किनारा संरक्षण गर्ने संरचनामा प्रयोग गरिन्छ । यो Foundation निर्माण महङ्गो हुन्छ । Pile अथवा Pier निर्माण गर्दा ठूलो Obstruction आउछ भने यो Foundation उपयुक्त हुन्छ ।

Foundation सँग सम्बन्धी चल्तीका समस्याहरूः

कुनै पनि संरचना बनाउँदा माटो तथा भू-परिक्षण गर्नु महत्त्वपूर्ण विषय हो । तर, नेपालमा ठूला बजेट भएका योजनामा बाहेक, यसलाई खासै महत्त्व दिईदैन ।

नेपालमा आवासिय भवनमा जग बनाउदा देखिने मुख्य समस्या भनेको Foundation लाई महत्त्व नदिईनु हो । नगरपालिका तथा गाउँपालिकाको भवन निर्माण मापडण्डमा Engineering Property प्रयोग गरेमा जग्गाको साँधमा जोडाएर घर बनाउन पाउने नियम भएता पनि व्यवहारिक रूपमा भने यसो भएको देखिदैन । घरको नक्सा पास गर्दा Strap Beam Design गरिन्छ, तर वास्तविक रूपमा Field मा भने बनाएको देखीदैन । घर बनाउने Owner ले पनि  जमिन मुनी के नै पो होला र, आखिरमा पुरिने नै त हो भनेर Foundations लाई त्यती महत्त्व दिईएको पाईदैन । जगलाई भन्दा Super Structure को बनोट Looks मा बढी खर्चिन्छ । ठेकेदारलाई त सजिलो जे हुन्छ, त्यहि नै गर्न खोज्छ । ठेकेदारले जे गर्यो त्यहि सहि हुन्छ भन्नेमा घरधनी पनि विश्वस्त हुन्छ किन कि उसले बनाईसकेको घर देख्दा एकदम राम्रो र आकर्षण देखिन्छ । अनि Engineer ले बनाएको नक्सा मात्र Architecture Purpose को लागि प्रयोगमा ल्याईन्छ ।

घरको जग निर्माण गर्ने क्रममा ध्यान नदिदा यसको प्रभाव माथिको Super Structure मा सजिलै देख्न सकिन्छ, जस्तो की भित्री बाहिरी भागमा चर्किएको देख्न सकिन्छ । खानेपानीका पाईप बाङ्गिने, फुट्ने हुन्छ, घरको भित्तामा चिरा देखिने र सोही चिराबाट ओस घरको भित्र पस्ने हुन्छ ।

विभिन्न समयमा हामीले पुल धसिएको, भासिएको समाचार पढ्दै, सुन्दै आएका हुन्छौ । पुल भासिनु, धसिनुमा मुख्य कारण के हो ? ईञ्जिनियरको या ठेकेदारको कमजोरी या प्राकृतिक कारण या अन्य कुनै कारण के हो ? यि कुरामा सधै वादविवाद भैरहन्छ । पक्कै पनि Structure कसरी Fail भएको छ, भन्ने मुख्य कुरा हुन्छ । प्राय जसो Design Data संकलन गरि सकेपछि मात्र कुनै पनि संरचना Design हुन्छन् । Data संकलनको समयमा Test Sample, Insitu Test Location को सहि Represent गर्ने हुनु पर्छ, अन्यथा अरू सबै कुरा सहि हुदा हुदै पनि Structure Foundation मा Fail  हुन्छ । त्यस किसिमको कार्य गर्न Advanced Technology विकसित भईसकेका छन् । संकलित Data सहि छ भने Design को कारणले गर्दा Structure Fail हुने संभावना न्यून हुन्छ । नेपालमा हुने कुनै पनि निर्माण कार्यमा Quality Control (गुणस्तर नियन्त्रण) गर्नु मुख्य चुनौती हो । निर्माण कार्यको Quality Control को बेला कमी हुदाँ Structure Fail हुन पुग्छ ।

Jabdighat Bridge over the Babai River

यि दुई विषय Design र Quality Control मा नियन्त्रण गरिदा गरिदै पनि Structure Fail हुन्छ भने हामीले अनुसन्धान Data Collection बाट सुरू गर्नुपर्छ । Data Collection गर्दा विभिन्न तरिकाहरू अपनाईन्छ । ति तरिकाहरू कति विश्वासिला हुन्, त्यसको प्रयोग विधि, Data Collection Control, Factor of Safety, ईत्यादी विषय हेर्ने गरिन्छ । यि सबै विषयमा अनुसन्धान भएपछि मात्र को दोषि भन्ने कुरा निचोण हुन्छ ।

यदी Structure आफैमा Quality Control मा कमीकमजोरीको कारण फेल भएको हो भने पक्कै पनि सर्व प्रथम दोष ठेकेदार र साईट ईन्चार्ज तिर जानु पर्छ । निर्माणकार्यको समयमा ध्यान नदिदा प्राकृतिक विपत्तीको कारणले हुने क्षति पनि मेरो विचारमा ठेकेदार नै प्रमुख जिम्मेवार हुनुपर्छ । किन भने नेपालमा वर्ष भरि काम नगर्ने अनि जेठ असारमा वर्षाको समयमा हतारहतारमा कार्य गर्ने प्रवृत्ती बढी देखिन्छ । यसले पनि ठूलो क्षति पुर्याउने गर्दछ ।

ध्यान दिनुपर्ने कुराहरूः

  • माटो तथा भू – परीक्षण अनिवार्य गरिनुपर्छ ।
  • Proper Site Investigation गरिनुपर्छ ।
  • Foundation को Data Collection गर्दा सकेसम्म त्यस Data ले जमिनको वास्तविक वस्तुस्थिती Represent गर्नु पर्छ ।
  • नगरपालिका तथा गाँउपालिकाले भवनको Column को Reinforcement लाई मात्र बढी प्राथमिकता राखेको हुन्छ तर पालिकाबाट Foundation निर्माणको अनुगमन पनि अनिवार्य हुनुपर्छ ।
  • Quality Control विशेष प्राथमिकता दिनुपर्छ ।
  • आवासिय भवनको Case मा ठेकेदार तथा घरधनीहरूलाई जनचेतना मुलक कार्यक्रम मार्फत् सचेत गराईनु पर्छ ।
Tags
About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *