~कृष्ण प्रसाद अर्याल~
श्री गुल्मी, तम्घास
निर्णय हुन सक्दैन २०४३.३.२१
शनिवार
आज पनि कुराको फैसला हुन पनि सकेन–दोधारेपनले कहिल्यै छोडेन । सारा संसारलाई अधिन गर्न सकिने कुरा पनि होइन । संसारमा नवाँचि हुने कुरा पनि होइन यहाँ जसरी तसरी जिउँmनु छ भने केहि न केहि बाहाना चाहिन्छ भनेर नै यो परब्रह्मलाई छेक्ने श्री कृष्ण कि योगमायाको नृत्यमा रम्न खोज्दा पनि त्यो मायाले झन् अलमल्याईदिने, के हो दुनियाँ कस्तो समय । हिजो एउटा कुरा थियो आज अर्को कुरा छ । भोलि अर्को कुरा हुन सक्छ । दिन दिनै अनेक कुराहरु भइ दिन पनि सक्छन् तर कुनै न कुनै दिन यस्तो र उस्तो भन्ने निर्णय नगरि हुदैन अरुका भरमा वाँच्नु साँच्चिकै गाह्रो हुन्छ । त्यसैले म भन्छु आफ्नै खुट्टा आफ्नै भर भएर आफूलाई जस्तो परि आउँला त्यस्तै भोगौला भन्ने दृढ निश्चयका साथ आई परेका काम कुरामा स्पष्ट निर्णय गर्नु पर्छ । त्यसै अनुसार काम पनि गर्नु पर्छ । हुदैन भने हुन्न भन र हुन्छ भने नवोले पनि मुन्टो हल्लाईदेऊ म स्विकृति मानेर काम गरुला । जस्तो परेर आऊला त्यस्तै भोगेर जाऊला जीवन नै या जसरी पनि त चलाऊनु पऱ्यो है न र ? तसर्थ म लेख्छु यहाँ जस्तो निर्णय हुन्छ त्यसै अनुकुल नै हुनेछ, फरक पर्दैन ।