Er. Pravin Aryal
Inspired for Innovation
~कृष्ण प्रसाद अर्याल~
छन्द : पञ्चचामर
।ऽ। ऽ।ऽ ।ऽ। ऽ।ऽ ।ऽ। ऽ
दोष अन्तै थोपरी लौ, निर्दोषी भै गुणी आँफै ।
बनिदैन जानीजानी कमजोरी लुकाउदै ।।
धाक सेखी किन ज्यादा गर्दछौ ल तिमी आफै ।
भनि चेतावनी दिन्छ, आत्माले यो यहाँ सधै ।।
मान्दैन यो पापी जात, संगतको जगतमा ।
धाक फुर्ती रवाफको नै, शान देखि समाजमा ।।
उमो तारा जून जूस्तै, समुज्वल सतहमा ।
सर्व प्रिय सर्वमान्य, ठहरिन उचार्इमा ।।
तँ तँ मँ मँ गरी रोव, रवाफको रटनमा ।
निर्भय र दोष शून्य, वनी आफै गरवमा ।।
उन्नती र भलो होला, नचिताउ तिमी भनि ।
चेताउँछ अन्तरात्मा, पलपल सजग् रहि ।।
तर मोह अभिमान, लालच र लगावले ।
खिचि खिचि अगाडिको, उद्देश्यमा गजवले ।।
बहादुरी पुरूषार्थ पराक्रम वरीष्ठता ।
देखाउदै सफार्इमा, कस्सिइन्छ मन यता ।।
यहि आफै आफुमा नै वादविवाद वनीदिदा ।
सदासदा उच्च उच्च, अभिलाषा जमीदिदा ।।
भ्यउदैन सामर्थ्यले, गल्तीमा पुर्याउछ ।
एवं क्रम दोष शून्य, मनाउनु ठिक पर्छ ।।
तव म त के हुँन्थें र, होला अरू कुनै एक ।
म त थिए ठिकठाक, होला कुनै मोदिचर ।।
भनी दोष अर्कामाथि, थोपर्ने त्यो तरीकामा ।
परिवर्तन ल्याउ दाज्यै, भन्द छ यो मन यहाँ ।।
पञ्चचामर छन्द, – ज र ज र ज गु ।
४-४-४-४ मा विश्राम – १६ अक्षर
कावासोती-८, नवलपरासी
(हाल काठमाडौं)