Er. Pravin Aryal
Inspired for Innovation
#कविता दिवस
जे जस्ता पनि कल्पना बटुलिदा अाशा भरोसा हुदाँ ।
जे जेमा मन कल्पना विगतका हुन्थे रसीला सदा ।।
जम्मै सार्थक भै, असंभव कुनै त्यो व्यर्थको क्वै कुरा ।
शंकामा पनि वाँचला अव कहाँ अड्दैन झुठा कुरा ।।
त्यस्तै ती शुभ संझना विषयका हागा र शाखा पनि ।
जे जेमा हित चाहना रहँदथ्यो अाएर अाशा बनी ।।
झुल्नन् वोट महाँ लटक्क फलले झन् सत्त्य फैलाउनन् ।
साँचा वा शुभकल्पना समयमा पाैचेर पुरा हुनन् ।।
जे जे हुन् शुभकामना विगतका बाँकी अधुरा कुरा ।
बेलाले अव राेकदा पनि कसै दाैडेर अाशा छदा ।।
तोडी बादल सूर्यले किरणको बाटो खुलाए सरी ।
अाफै योग उपायले र बलले गर्जन् पुरा यत्नले ।।