Er. Pravin Aryal
Inspired for Innovation
पल्केका जति चोर छन् सतहमा पैले वसेका जहाँ ।
बाटो छेड्न कठिन् परेर अझ झन् टाठा वनेका यहा ।।
तिन्कै यो विष वासना जगतमा फैलेर शंका हुने ।
यस्तै यो परिकल्पना पनि यहाँ बन्दोछ ठट्ठा अझै ।।
हार्दैनन् शुभ तथ्थ्यको सफलता खोज्ने महा मानव ।
थाक्दैनन् अनि वीरका पनि कथा चोखो भएमा हठ ।।
त्यस्तै हो तर सत्यको गहनता तै लोक संसार यो ।
पल्केका सव चोरकै किसिमले दौडन्छ चाँडो कसो ।।
बाटो छल्न सके बचिन्छ जसरी भन्दै सकस्मा परी ।
साख्खै भै कन साँपका कदमले लत्रेर गोडा परी ।।
खाएको अव पच्छ यो समयले पालो बदल्दा भनी ।
जे जस्तो पनि दुष्टता समझमा लिन्छन् सदा दुष्ट ती ।।
हाम्रै हो सव सम्पदा जगतको क्वै छैन हाम्रा सरी ।
भन्दै ती मन मौजका रकममा आनन्द मान्दै उसै ।।
मिल्ला त्यो तर हातमा अझ भनी गर्दैछ आशा भने ।
लोप्पा पो अव पाउला कित यहाँ के भन्नु ऐले उसै ।।