नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्यको लागि जनतासँग सहयोग मागेको छ । लोडसेडिङ अन्त्य गर्ने अभियानमा जनतालाई साथमा लिएर अघि बढ्ने प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताईरहदाँ प्रधिकरणवाट यस्तो अपिल आएको हो ।
तिहारको समयमा लोडसेडिङ अन्त्य गर्दै अहिलेसम्म त्यसलाई निरन्तरता दिएको प्रधिकरणले यसैलाई निरन्तरता दिने हात जनताको हो भन्दै सहयोग मागेको हो ।
प्रधिकरणले दिनमा छ घण्टा धेरै बिजुली खपत गर्ने चार उपकरण नचलाउन आग्रह समेत गरेको छ । त्यसो गरेमा २४ सै घण्टा बत्ति बाल्न, टिभि हेर्न पाउने जनाएको छ । जसअनुसार बिहान पाँच देखि आठ र बेलुकी साढे पाँच देखि साढे आठ बजे सम्मको ‘पिक आवर’मा वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजर जस्ता धेरै विजुली खपत गर्ने उपकरण नचलाउन प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको हो।
जाडोयाममा विद्युत उत्पादन घट्ने र खपत भने बढी हुने भएकाले कसरी व्यवस्थापन गर्ने भन्नेमा प्राधिकरण जुटेको छ । पिकलोड समय बाहेक अरु समयमा भने यी उपकरणहरु पनि चलाउन सकिनेछ ।
पिक आवरमा राजधानीको विद्युत खपत ३०० मेगावाट सम्म पुग्ने गरेको छ। दिनभर यो २०० मेगावाट मात्र रहेन र राती १० बजे देखि बिहान पाँच बजे सम्म १०० मेगावाटमा झर्ने प्रधिकरणले जनाएको छ ।
समसामयीक विषय भएकाे हुदाँ लेख साभार गरीएको हो ।