गजल लेख्ने प्रयास…………

गजल लेख्ने प्रयास…………
August 17, 2015 No Comments गजल admin
:- प्रतिक पोख्रेल (Esoteric)
हार्दैछ भनेर मेरो समर्थन छोडनेलाई धन्यवाद ।
देख्दा देख्दै नजर अन्तै मोडनेलाई धन्यवाद ।
हिजो सक्नु सम्मको स्वार्थ लुट्नु लुटेर,
यो के कामको, भन्दै सम्बन्ध तोडनेलाई धन्यवाद ।
अाशाको बिरुवा मेरो मनमा हुर्काइ बढाइ,
सकि नसकि जरैबाट गोडनेलाई धन्यवाद ।
यो प्रतिकको मुटु फुटाउने त धेरै छन,
अाउदै छ कोहि भने अग्रिम, जोडनेलाई धन्यवाद ।
About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *